Kp का गोठाले मन्त्री समस्या बुझ्न नपाउदै अस्ताउछन !

‘एक साताभित्र कोरिया रोजगारीको टुंगो लगाउँछु भनेर श्रम मन्त्रीले हामीलाई झुक्याए’

रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत कोरियाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि रोजगारीमा जान नपाएका युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलकुमार श्रीवास्तवले आफूहरूलाई झुक्याएको बताएका छन्।

एक साताभित्र कोरिया रोजगारीमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका मन्त्री श्रीवास्तवले समय बितिसक्दा पनि कुनै पहल नगरी झुक्याएको युवाहरूको गुनासो छ।

‘हामीले असार १ गते मंगलबार भेट्दा उहाँले एक हप्ताभित्र टुंगो लगाउँछु आश्वासन दिनुभएको थियो। आज पनि हामीले उहाँलाई भेट्यौं। तर उहाँले अझै केही समय लाग्छ भनेर पठाउनुभयो,’ सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका अजय सोडारीले सेतोपाटीसँग भने।

संघर्ष समितिका संयोजक समेत रहेका सोडारीले सरकारले आफूहरूलाई झुलाउँदा झुलाउँदै १५ महिना खेर गइसकेको बताए।

हामीले यस सम्बन्धमा मन्त्री श्रीवास्तवलाई पनि सोध्यौं। उनले परराष्ट्र मन्त्रालयमार्फत समस्याको समाधान खोज्न पहल भइरहेको बताए।

‘आइतबारसम्म परराष्ट्रको जबाफ आउँछ। त्यसपछि बाँकी छलफल अगाडि बढ्छ। जतिसक्दो छिटो समस्या समाधान गर्न हामी सक्दो प्रयास गर्छौँ,’ उनले सेतोपाटीसँग भने।

कोरोना महामारी सुरू भएयता कोरिया रोजगारी ठप्प छ। कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका तथा बिदामा फर्किएका (कमिटेडहरू) गरी १० हजार युवा कोरिया जान पाएका छैनन्।

चुरे भेटी दिएर भारतिय प्रभु खुशी बनाउने ओलिको कामलाई अदालतले तत्काललाई ब्रेक लगाईदिएको छ 🤣

चुरे भेटी दिएर भारतिय प्रभु खुशी बनाउने ओलिको कामलाई अदालतले तत्काललाई ब्रेक लगाईदिएको छ

Create your own website, free on WordPress.com.Create your own website.
Start free